धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गिरी निर्वाचित
धनकुटा । नेकपा एमाले निकट धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा महेन्द्र गिरी निर्वाचित भएका छन् । काठमाडौंको तिलगङ्गामा आज सम्पन्न मञ्चको १२ औं सम्मेलनले सहिदभूमिका गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा पाख्रीवासका तेजबहादुर राई, महिला उपाध्यक्षमा धनकुटा नगरपालिकाकी रेखा पाख्रिन, सचिवमा साँगुरीगढीका मोहनकुमार राई निर्वाचित भएका छन...
































