धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ
धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निगालेका १९ बर्षीय निकेश तामाङ छन् ।
घटना साउन २७ गतेको हो । तामाङले ती बालिकालाई फकाई गाउँकै खाली घरमा लगेर बलात्कार गरेको आरोप छ । बालिका परिवारसँग एक दिन सम्पर्कबिहिन भएकी थिईन् । त्यसको भोलिपल्ट उनी घर पुगिन् । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेपछि...





























