संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का चार जिल्लामा आईतबार १०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, इलाम र खोटाङका ३३ महिला र ६८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

जसमध्ये आईतबार मोरङ जिल्लामा सबैभन्दा बढी ९२ संक्रमित थपिएका छन् । मोरङको बिराटनगरमा मात्रै एकैदिन ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरका ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको बुढिगंगाका ३ पुरुष, धनपालथानका २ पुरुष र कटहरीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको दुहबीका १ महिला र इटहरीका १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । यता, ईलामको देउमाई र खोटाङका एक/एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ९० पुगेको छ । जसमध्ये १ हजार ७१ जना निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!