संगालोखबर सम्वाददाता

धरान । धरान–१७ स्थित उदय सामुदायिक बनमा ५२ बर्षीया महिला बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो करिब १२ बजे बनमा निगुरो पिप्न गएकी महिला बलात्कृत भएकी हुन् ।

Advertisement

उनलाई खुकुरी देखाएर जबरजस्ती करणी गरी गहनासमेत लुटपाट गरेको आरोपमा धरान–१७ का ३३ बर्षीय तेजकुमार धामीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेकी थिईन् ।

तेजकुमारले ती महिलालाई जंगलमा खुकुरी देखाएर बलात्कार गरी उनले कानमा लगाएको सुनको कुण्डल र नाकमा लगाएको सुनको फुली लुछेर भागेको आरोप छ । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनीहरु दुबै जनाको शारिरिक परीक्षणसमेत गरिएको छ ।

आरोपित तेजकुमारबिरुद्ध जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दा दायर गरेर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!