
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरको तीनपैनीकी ५० बर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
अत्याधिक ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या भएकी उनलाई बिराटनगरको न्यूरो अस्पतालले रेफर गरेर धरान पठाएको थियो । उनलाई दिर्घकालिन रुपमा फोक्सो, थैरोईड र मुटुको समस्यासमेत थियो । मुटुको समस्याको दिल्लीमा उपचार गरिएको थियो ।
प्रतिष्ठानमा राती करिब १२ बजे भर्ना गरिएकी उनको उपचारका क्रममा राती करिब साँढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।















