संगालोखबर सम्बाददाता


बिराटनगर । प्रदेश १ का थप ८६ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेमा ३२ महिला र ५४ पुरुष छन् । मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर र ओखलढुंगामा संक्रमित थपिएका हुन् ।

मोरङका ६४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये बिराटनगरमा मात्रै १९ महिला र २१ पुरुष गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रंगेलीका ३ महिला र ६ पुरुष, बुढिगंगाका १ महिला र १ पुरुष, धनपालथानका ५ महिला, जहदाका १ महिला र २ पुरुष, कानेपोखरीका १ महिला, ग्रामथानका १ पुरुष, सुनबर्षीका १ पुरुष, र सुन्दरहरैचाका २ पुरुषमा कोरोना संक्रमण भएको छ ।

Advertisement

त्यस्तै सुनसरीको धरानका २ महिला र ९ पुरुष, रामधुनीका ५ पुरुष र बर्जुका ३ पुरुषमा कोरोना संक्रमण पाईएको छ । त्यस्तैगरी उदयपुरको त्रियुगा, तेह्रथुमको म्याङलुङ र ओखलढुंगाको सिद्धिचरणका एक/एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ भने १ हजार ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १३ पुगेको छ । जसमध्ये ४ जना १ नम्बर प्रदेश बाहिरका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!