विराटनगरका युवाले सुरु गरे फुड बैंक, निःशुल्क खाना पाउँदा बिपन्नलाई मिल्यो राहत
विराटनगर । बिराटनगरका युवाहरुले सोमबारबाट फुड बैंक सञ्चालन गरेका छन् । विराटनगर–४ र ५ जामुनगाछीका ६० जना युवा सम्मिलित क्रियटिभ युथ सोसाईटीले फुड बैंक स्थापना गरेर अतिविपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेको हो ।
९० बर्षिय जेष्ठ नागरिक बालकृष्ण घिमिरेको हातबाट अतिविपन्न परिवारका सदस्यलाई खानाको पोको वितरण गरेर फुड बैंकको उद्घाटन गरिएको छ । पाँच महिना यता पटक–पटक भईरहेको लकडाउन र निषेधाज्...

























