महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौँ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्न ५ बजे सुरु हुने खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्यसहित सहभागी हुनेछन् ।
हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको ...






























