झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादव छन् ।
उनलाई आज दिउँसो विराटनगर-१८ भेडियारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।
उनी कर्तव्य ज्या...






























