संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका-९ स्थित सालघारीमा आइतबार राति आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार प्युठान सोमद्धार नगरपालिका-१ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
...