यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ
विराटनगर । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा देख्न सकिन्छ– टेबल वरिपरि मान्छे र बीचमा पैसाको चाङ । झट्ट हेर्दा विश्वास नलाग्न पनि सक्छ । किनकी अहिले प्रविधिको दुरुपयोग गर्दै विभिन्न भ्रम छर्ने गरेको पनि पाइन्छ ।
तर यो तस्बिर भने वास्तविक हो । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलास्थित गोगनेका किसानले सामूहिक अलैँची खेतीबाट आम्दानी गरेको पैसा हो । यो तस्बिर ...


























