संगालोखबर

संखुवासभा । संखुवासभामा गएराति गोली हानेर शिक्षकको हत्या भएको छ । मकालु गाउँपालिकामा-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक नरकुबिर खम्बुको हत्या भएको हो ।

राती करिब ७ बजे खाना खाएर हात धुन वाहिर निस्किएका बेला ३६ वर्षीय खम्बुमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । शिक्षक खम्बुको देब्रे कोखमा गोली लागेको छ ।

उनीमाथि भरुवा बन्दुक प्रहार भएको प्रहरीको अनुमान छ । उनलाई कसले र किन हत्या गरेको खुलेको छैन । प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!