
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । शनिबार अपराह्न ५९ वर्षीय शिवकुमार राईले सोही स्थानका ४७ वर्षीय लिलाप्रसाद राईको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार वस्तुले घाँस खाएको निहुँमा भएको सामान्य विवादले उग्र रूप लिँदा शिवकुमारले लीलाप्रसादको हत्या गरेको खुलेको छ ।
विवादका क्रममा आवेशमा आएका शिवकुमारले खुकुरी निकालेर लीलाप्रसादमाथि प्रहार गरेका थिए । खुकुरी प्रहारबाट लीलाप्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवकुमारलाई घटनास्थलबाटै हत्यामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवारभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













