मोरङमा १२ हजार बालिकालाई एचपिभी खोप दिइने

मोरङमा १२ हजार बालिकालाई एचपिभी खोप दिइने

विराटनगर । मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५...
जिल्ला दौडमा बालेन शाह, विराटनगरबाट लागे सुनसरीतर्फ (फोटो फिचर)

जिल्ला दौडमा बालेन शाह, विराटनगरबाट लागे सुनसरीतर्फ (फोटो फिचर)

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह विराटनगर आएर सुनसरीतर्फ लागेका छन् । आज बिहान मोरङको उर्लाबारीबाट यात्रा सुरु गरेका बालेन पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगरबाट  सुनसरीतर्फ लागेका छन् । बालेन विराटनगरमा थोरै समय बसेर सुनसरी गएका हुन् । विभिन्न स्थानमा भेटघाट कार्यक्रममा सीमित समय निकाल्दै उनले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय...
विराटनगरको गुरुकुलमा ‘लौ आयो ताजा खबर’

विराटनगरको गुरुकुलमा ‘लौ आयो ताजा खबर’

विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन सुरु भएको छ । भोलिदेखि माघ २९ गतेसम्म नियमित मञ्चन हुने नाटकको आज औपचारिक मञ्चन गरिएको हो । कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुर्व्यसनी र त्यसको असरका बारेमा शसक्त उजागर गरेको छ । भरत कार्कीले निर्देशन गरेको नाटकमा अभिभावकले छोराछोरीलाई समय नदिँदा, ...
एमालेको विजय यात्रा रोकिँदैन, एकल बहुमत आउँछ : भानुभक्त ढकाल

एमालेको विजय यात्रा रोकिँदैन, एकल बहुमत आउँछ : भानुभक्त ढकाल

विराटनगर । नेकपा एमालेका सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले एमालेको विजय यात्रा नरोकिने दाबी गरेका छन् । विराटनगरमा आज प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजय यात्रा नरोकिने दाबी गरेका हुन् । उनले फागुन २१ गते हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने जिकिर समेत गरे । बालेन शाहलाई झापा–५ ...
ससुराली पुगेर पत्नीको हत्या गरेका पतिद्वारा आत्महत्या

ससुराली पुगेर पत्नीको हत्या गरेका पतिद्वारा आत्महत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका-५ बहुवनमा पत्नीको हत्यापछि पतिले आत्महत्या गरेका छन् । आज बिहानको राति २ः४५ बजेतिर अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घरमा पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् । मोरङ प्रहरीका डीएसपी लिलाराज लामिछानेका अनुसार मुकेश सोमबार बेलुका ससुराली गएका थिए । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नीलाई चक्कु प्रहार गरेको प्...
रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

विराटनगर । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई ३१ सेट जर्सी प्रदान गरेको छ । आज परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजय हरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् । आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई ल...
वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभा सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आज महानगरपालिकामा आयोजित समारोहबीच दुवै पक्षले सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुला...
हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको स्पोर्ट्स मिट अन्तरगत फुटबलमा रेडस्टार कलेजले छात्रछात्रा दुवैतर्फको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा रेडस्टारले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रातर्फ अर्किड कलेजलाई ७–० गोल अन्तरले हराउँदै रेडस्टारले उपाधि जितेको हो । ...
विराटनगर जुनियर जेसीजको अध्यक्षमा ओम जोगी

विराटनगर जुनियर जेसीजको अध्यक्षमा ओम जोगी

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा ओम जोगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट जोगी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्ष निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा संयुक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित भएका छन् । पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी प्रतिज्ञा अधिकारीले पाएकी छन् भने महा...
किराँत याक्थुङ चुम्लुङ विराटनगरको अध्यक्षमा लिम्बु चयन

किराँत याक्थुङ चुम्लुङ विराटनगरको अध्यक्षमा लिम्बु चयन

विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । शनिबार भएको सातौँ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद तुम्रोक (नरेश), सचिवमा लक्ष्मी मेन्याङ्बो र सह-सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा चुडामणि योक्पाङदेन र सह-कोषाध्यक्षमा धर्मा...
मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा भएको प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि मोरङले जितेको छ । झापालाई  २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरमा ४२ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतीक पोखरेलले २६, शाकिव हकले २४, कप्तान द...
चुडाकवि प्रतिष्ठानको वादविवादमा बानियाँ र खनाल प्रथम

चुडाकवि प्रतिष्ठानको वादविवादमा बानियाँ र खनाल प्रथम

विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा राष्ट्र निर्माण माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयले उपाधि जितेका छन् । ‘कृत्रिम बौद्धिकता (एआई) ले मानिसलाई नियन्त्रण गर्न सक्छ’ र ‘एआई मानिसको नियन्त्रणमै रहन्छ’ भन्ने विषयमा भएको प्रतियोगितामा २ विद्यालयले उपाधि हात पारेका हुन् । ‘एआईले मानिसलाई नियन्त्रण गर्न सक्छ’ भन्ने पक्षबाट राष्ट्र ...
विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा भएको हिसान स्पोर्ट्स मिटअन्तरगत क्रिकेटको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । जुट मिलको खेल मैदान भएको फाइनल खेलमा शिक्षादीप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुरले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको विशाल योगफल तयार पारेको थियो । शिक्ष...
झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

विराटनगर । झापा प्रथम कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम लिगमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँदा आकाश सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँद...
मासिक ८ लाख शुल्क बुझाएर वीरेन्द्र सभागृह भाडामा लिँदै कोशी सरकार

मासिक ८ लाख शुल्क बुझाएर वीरेन्द्र सभागृह भाडामा लिँदै कोशी सरकार

विराटनगर । हिउँदे अधिवेशन आह्वान भएपछि कोशी प्रदेश सरकारले विराटनगरको वीरेन्द्र सभागृह भाडामा लिने तयारी थालेको छ । मासिक आठ लाख शुल्क बुझाएर कोशी सरकारले ६ महिनाका लागि सभागृह भाडामा लिन लागेको हो । आज बसेको बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते वीरेन्द्र सभागृहमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । जेनजी आन्दोलनमा आगजनी हुँदा देवकोटा चोकमा रहेको प्रदेशसभा ...
हिसान स्पोर्ट्स मिट : कुन खेलमा कुन कलेज विजयी ?

हिसान स्पोर्ट्स मिट : कुन खेलमा कुन कलेज विजयी ?

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा शिक्षादीप र कान्तिपुर कलेज फाइनल प्रवेश गरेका छन् । जुट मिलको खेल मैदानमा आज भएको पहिलो खेलमा शिक्षादीप कलेजले अर्किड कलेजलाई २ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङको गरेको शिक्षादीपले निर्धारित २० ओभरमा १७ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ३ रनको योगफल तया...
प्रथम कोशी एलाइट कप क्रिकेट : दुई खेलमा विजयी हुँदै मोरङ फाइनलमा प्रवेश

प्रथम कोशी एलाइट कप क्रिकेट : दुई खेलमा विजयी हुँदै मोरङ फाइनलमा प्रवेश

विराटनगर । मोरङ प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगितामा लगातार २ खेल जित्दै मोरङ फाइनलमा पुगेको हो । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रूपमा मोरङ फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरक...
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ गतेबाट वीरेन्द्र सभागृहमा बस्ने

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ गतेबाट वीरेन्द्र सभागृहमा बस्ने

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ गतेबाट बस्नेगरि आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने तय भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । देवकोटा चोकमा रहेको प्रदेश सभा भवन जेनजी आन्दोलनका क्र...
कोशी एलाइट कप क्रिकेट : पहिलो खेलमा मोरङ विजयी

कोशी एलाइट कप क्रिकेट : पहिलो खेलमा मोरङ विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सुरु भएको प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा मोरङ विजयी भएको छ । उद्घाटन खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरि २ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दि...
आमसञ्चार विधेयक अघि बढाउने कोशी सरकारको तयारी 

आमसञ्चार विधेयक अघि बढाउने कोशी सरकारको तयारी 

विराटनगर । कोशी प्रदेश सरकारले आगामी प्रदेश सभाको अधिवेशनबाट प्रदेश आमसञ्चार विधेयक अघि बढाउने तयारी गरेको छ । प्रदेश सभाको अघिल्लो अधिवेशनबाटै पारित गर्न खोजिएको उक्त विधेयकका केही व्यवस्थाप्रति पत्रकारहरूले विरोध जनाएपछि रोकिएको विधेयक पुनः अघि बढाउने तयारी थालिएको हो  । कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधे...
मोरङको सुनबर्षीका आगलागी पीडितलाई कोशी सरकारको राहत

मोरङको सुनबर्षीका आगलागी पीडितलाई कोशी सरकारको राहत

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका–१ गिर्दलियाका आगलागी पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । मंगलबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगलागी भएको स्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । उनले प्रदेश सरकारको तर्फबाट सात थान ब्लाङकेट, सात थान त्रिपाल, चामल, तेल र नुन लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै ...
मोरङको रंगेलीबाट नक्कली नोटसहित एक जना पक्राउ

मोरङको रंगेलीबाट नक्कली नोटसहित एक जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली-२ का ४५ वर्षीय सहमद हुसेन छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा उनले १/१ हजार दरका नोट दिएका थिए । नोट शंकास्पद लागेपछि दुबै जनाले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुग...
हतियार नबुझाउनेलाई कारबाही गर्ने मोरङ प्रशासनको चेतावनी

हतियार नबुझाउनेलाई कारबाही गर्ने मोरङ प्रशासनको चेतावनी

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले पटक-पटक सूचना प्रकाशन गर्दै इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिरहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मोरङले हतियार बुझाउन आग्रह गरेको हो । तर प्रशासनको आग्रहलाई बेवास्ता गर्दै तोकिएको समयमा हतियार बुझाउन नआएको पाइएको छ ।  प्र...
कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहमा राख्ने तयारी

कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहमा राख्ने तयारी

विराटनगर । जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी थालिएको छ । प्रदेशसभालाई अस्थायी रूपमा मोरङको कटहरी गाउँपालिका-१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएपनि प्रदेश सभा बैठक विराटनगरको वीरेन्द्र सभागृहमा राख्ने तयारी गरिएको हो । देवकोटा चोकमा रहेको प्रदेशसभा भवनमा आगजनी गरिएपछि प्रदेशको संसद बैठक बस्न सकेको छैन । कृषि थोक बजारमै अस्थायी कार्यस्थल बनाएर प्रदेश सभा सञ्...
हिसान स्पोर्ट्स मिट : क्रिकेटमा अर्किड र अरनिको सेमिफाइनलमा प्रवेश

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा अर्किड र अरनिको सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा अर्किड र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिलको मैदानमा भएको पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सबै विकेट गुमाई ७८ रनको...
जेसीज टेस्टी–टेस्टी हाजिरीजवाफ : विराटनगरको विकेभिएमले जित्यो उपाधि

जेसीज टेस्टी–टेस्टी हाजिरीजवाफ : विराटनगरको विकेभिएमले जित्यो उपाधि

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ । १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एभरेष्ट स्कुलले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता माध्यमिक विद्यालय तृतीय भयो । विजेता विद...
कोशीका यातायात कार्यालय व्यवस्थित बनाउन १० बुँदे निर्देशन

कोशीका यातायात कार्यालय व्यवस्थित बनाउन १० बुँदे निर्देशन

विराटनगर । कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको सेवा सुधार गर्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिकी सभापति कमला दर्नालले सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई सुझाबसहितको प्रतिवेदन हस्तान्तरण गरेकी हुन् । प्रतिवेदनमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ । जेनजी आन्दोलनका क्...
मोरङ–६ मा एमालेले गठन गर्यो लालबाबुको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

मोरङ–६ मा एमालेले गठन गर्यो लालबाबुको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले नेता तथा सोही क्षेत्रका पूर्व सांसद लालबाबु पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । निर्वाचन परिचालन कमिटीमा क्षेत्र–६ को भूगोलमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, सदस्यहर...
सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुङ्ग्याउनुपर्ने उल्लेख गरे । कार्यविधि र अरु प्रक्रियाहरू चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि ...
विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगरको मेरिलेबन क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमले सहभागिता जनाउने बताएको छ । ...
नोबेल अस्पताल र प्याब्सन विराटनगरबीच स्वास्थ्य सहुलियतमा सम्झौता

नोबेल अस्पताल र प्याब्सन विराटनगरबीच स्वास्थ्य सहुलियतमा सम्झौता

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्याब्सनसँग आवद्ध संस्थापक, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य उपचारलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण बनाउने उद्देश्यका साथ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एक औपचारिक कार्यक्रमका बीच नोबेल अस्पताल निर्देशक डा. अशोक कोइराला र प्याब्...
error: Content is protected !!