धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ घर भएका कवि तथा साहित्यकार रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १९ गते परियारलाई प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल संग...
धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटा । धनकुटा नगरपालिका-१ त्रिशुलेमा गुडिरहेको अटोमा आगलागी भएको छ । आगलागीबाट अटो पूर्णरुपमा जलेर नष्ट भएको छ । कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो । अटोमा आगलागी भएको सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । अटोमा चालकसहित चार जना सवार थिए । चारै जना सकुशल रहेका प्रहरीले जनाए...
कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटामा खाना पकाउने ग्यासको अभाव हुन थालेपछी डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा ग्यास डिलरको अनुगमन गरेका हुन् । अनुगमन टोलीले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरूको अनुगमन गरको छ । अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्य कम्पनीले ...
काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ डाँडागाउँका शिवबहादुर बस्नेतले कुराउनीबाट राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै संकलन गरेको दूधबाट बनाएको कुराउनी बस्नेतले स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्छन् । उनको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । त्यसपछि ठूलो फलामे कराईमा दूध घण्टौँसम्म तताउँदै चलाउँदै कुराउनी बनाएर प्याकिङ गर्ने र ग्राहकसम्म पठाउनु उनको दैनिकी हो । उनले स्थानीय ब...
उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतले ३ सय ६० थान मुद्दामध्ये ३ सय १० अर्थात् ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ । उच्च अदालत विर...
धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

विराटनगर । धनकुटाबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट आज बिहान करिब ५ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई छन् । कोशी लोकमार्गबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परे...
धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् । यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । धनकुटा नगरपालिका-१ हिले क्याम्पस छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ शंकास्पद रूपमा बाटोमा हिँडिरहेका पाख्रीबास नगरपालिका-७ मुगा टोलका ३२ वर्षीय हरि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको साथमा भएको मोबाइल समेत प्रहर...
पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

धनकुटा । परम्परागत सीपलाई व्यवसायिक बनाएपछि धनकुटाको घोर्लीखर्कस्थित कटहरे गाउँको दैनिकी फेरिएको छ । पुर्खौली पेसालाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउँदा आर्थिक र सामाजिक अवस्था पनि सबल बन्दै गएको छ । परम्परागत आरनबाट घरायसी प्रयोगका लागि फलामका विभिन्न औजार बनाउँदै आएको समुदायले प्रविधिको विकाससँगै सीपलाई थप सहज बनाउँदै लगेको हो । पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका २३ घरपरिवारले ...
धनकुटाबाट ८ सय ४ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ८ सय ४ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ बाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् । जनता आवासका लागि बनाइएको खाली घरमा अवैध रूपमा भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले आज दिउँसाे १ बजे गाँजा बरामद गरेकाे हाे । घर खानतलासी गर्दा ४८ वटा बोरामा प्याक गरी राखिएको अवस्थामा ८०४ किलो गाँजा फेला परेकाे धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । गाँजा बरामद भएसँगै प्रहरीले...
धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटा । धनकुटाकी एक मात्रै इलेक्ट्रिक गाडी (ईभी) चालक महिलालाई सम्मान गरिएको छ । बिहीबार धनकुटा नगरपालिका-६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्तरूपमा ईभी चालक महिला कुशला राईलाई सम्मान गरेका हुन् । सहिदभूमि गाउँपालिकला-४ घर भएकी राई लामो दूरीको सवारी चलाउने धनकुटाकी एक मात्रै महिला हुन् । उनलाई धनकुटा नगरपालिका-६ स्थित गोठ गाउँमा ईभी गाडी रोकेर स्थानीयहरूले फूलमाला र अबि...
धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटा । धनकुटाको हुलाक टोलमा बजार अनुगमन गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा भएको छड्के अनुगमनमा डेरी, मिठाई पसल र होटलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना गरिएको हो ।  धनकुटाको भिमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका करिव आधा दर्जन डेरी र मिठाई पसलको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।  अनुगमनका क्रममा मिठाई पसलहरूमा पटक-पटक प्रयोग गरिएको तेल पुनः प्रयोग ग...
धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटा । धनकुटामा नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजक रिक्रियसन मल्टिमिडिया एण्ड इनटरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनका बारेमा जानकारी गराएको हो । २०७३ सालदेखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८०, २०८१ र २०८२ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न भइसकेको छ...
भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकमा एक वर्षको अवधिमा करिब १ लाख ३१ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । वन्डर्स ग्रुपको लगानीमा सञ्चालित स्काई वाकमा आन्तरिकसँगै छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आउने गरेका छन् । स्काई वाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भ्रमण गर्न आउने पर्यटकको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष भ्रमणमा आउने पर्यटकको स...
धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक मेसिन बरामद

धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक मेसिन बरामद

धनकुटा । धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक प्रेस मेसिन प्रहरीले बरामद गरेको छ । सोमबार राति १० बजे साँगुरीगढी गाउँपालिका-३ स्थित ४० वर्षीय हर्क इवा भन्ने हर्क इवाहाङ लिम्बुको घरबाट प्रहरीले गाँजा तयार गर्ने मेसिन बरामद गरेको हो । मेसिन बरामद भएपनि हर्क फरार रहेका धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार साउन ८ गते साँगुरीगढी गाउँपालिका-२ माङदुवा चेकज...
धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा सोमबार राती ट्रक दुर्घटना भएर आगो लाग्दा चालकको मृत्यु भएको छ । हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथर जाँदै गरेको प्रदेश-१-०२-००१ क ५३६३ नम्बरको लोवेड ट्रक राती करिब ८ः२० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा आगो लागेको हो । दुर्घटनामा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चालक राई र तेह्रथुमको म्याङल...
धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ७२ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ मान्दावा टोलबाट ७२ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ११ः५५ बजे भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बु र साँगुरीगढी-३ मादेनका ३२ वर्षीय मदन याख्खा छन् । लिम्बुले चलाएको को २ ह १२९ नम्बरको अटोभित्र ५ वटा बोरामा प्याक गरेको अ...
आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

धनकुटा । संस्कृतिको उत्सवका रूपमा विभिन्न भाका हाल्दै गोरु नारेर खेत साउने, आली लगाउने र हातमा धानको बीउ लिएर पञ्चेबाजाको तालमा सामूहिक रूपमा बेठी लगाउने मौलिक परम्परा पछिल्लो समय लोप हुँदै गएको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा किसानहरू खेतमा पसेर असारे भाकामा मायाप्रेम, प्रकृति, दुःखसुख र सामाजिक जीवनका अनुभव साटासाट गर्दै हिलो खेल्ने गर्दथे । तर, कृषि प्रणालीमा भित्रिएको आधुनिक प्रविधि...
धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटा । जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेको छ ।  हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत जिल्लाका सातवटै पालिकामा घर-घरमै पुगेर राहदानी वितरण गरिएको हो । नेपाल सरकारले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । जिल्ला हुलाक कार्यालय...
धनकुटाका पत्रकारलाई एक लाख मूल्य बराबरको ब्याग वितरण

धनकुटाका पत्रकारलाई एक लाख मूल्य बराबरको ब्याग वितरण

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई एक लाख रुपैयाँ बरबरको ल्यापटप ब्याग वितरण गरको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी धनकुटाका क्रियाशील पत्रकारहरूलाई ब्याग वितरण गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धनकुटा शाखाका प्रमुख एवम् कोशी पहाडी क्लस्टर हेड भेषराज कटेलले नेपाल पत्रकार माहासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासलाई ब्याग हस्तान्त...
धनकुटाका मनोज नारायण : जसले घरमै स्थापना गरे ऐतिहासिक सङ्ग्रहालय 

धनकुटाका मनोज नारायण : जसले घरमै स्थापना गरे ऐतिहासिक सङ्ग्रहालय 

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू संकलन गर्दै आफ्नै घरमा सङ्ग्रहालय स्थापन गरेका छन् । पुराना वस्तुलगायत धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखलाई संकलन गरेर सङ्ग्राहालय बनाएका हुन् । सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले सङ्ग्रहालय स्थापना गरेर पुराना सामा...
धनकुटा नगरपालिकाद्वारा दिगो विकासका लक्ष्य प्रभावकारी बनाउन सुझाव संकलन

धनकुटा नगरपालिकाद्वारा दिगो विकासका लक्ष्य प्रभावकारी बनाउन सुझाव संकलन

धनकुटा । दिगो विकासका लक्ष्य कार्यान्वयनलाई प्रभावकारी बनाउन धनकुटा नगरपालिकाले बहुपक्षीय सुझाव संकलनको सुरुवात गरेको छ । स्थानीय तहको पहिलो स्वैच्छिक मूल्याङ्कन अन्तर्गत सरोकारवालासँग छलफल गरी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रतिवेदन तयार गर्दै सुझाव संकलनको सुरुवात गरेको हो । नगरपालिकाले दिगो विकासका १७ वटा लक्ष्यमध्ये गरिबीको अन्त्य, स्वस्थ जीवन र समुन्नत स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा लै...
धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

धनकुटा । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका-९ का २३ वर्षीय हिलसन राई छन् । उनलाई सोमबार दिउँसो सहिदभूमि गाउँपालिका-१ बाट प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...
तमोर नदीमा हाम फाल्न हिँडेका सुनसरीका पुरुषको सकुशल उद्धार

तमोर नदीमा हाम फाल्न हिँडेका सुनसरीका पुरुषको सकुशल उद्धार

धनकुटा। पारिवारिक विवादका कारण धनकुटाको तमोर नदीमा हाम फालेर आत्महत्या गर्न हिँडेका सुनसरीका एक पुरुषलाई प्रहरीले सकुशल उद्धार गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका-११ बस्ने ४३ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले सकुशल उद्धार गरेकाे हाे । उनले को १ ह ६५८४ नम्बरको अटो रिक्सा लिएर म तमोर नदीमा हाम फालेर मर्न जाँदैछु भनी घरपरिवारलाई फोनमार्फत जानकारी गराएका थिए। सो जानकारी आज अपराह्न ४:३० बजे इला...
आज साउनको पहिलो सोमबार : धनकुटाका शिवालय मन्दिरमा भक्तजनको घुइँचो

आज साउनको पहिलो सोमबार : धनकुटाका शिवालय मन्दिरमा भक्तजनको घुइँचो

धनकुटा । आज साउनको पहिलो सोमबार देशैभरका शिवालय मन्दिरसँगै धनकुटाका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा बिहानैदेखि भक्तजनहरू घुँइचो लागेको हो । धनकुटा बजारको शिवालय मन्दिर, मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबास स्थित शिवमन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानै देखी भक्तजनहरूको भिड लागेको छ । छिमेकी जिल्लाबाट स...
नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह-इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला, हेमचन्द्र किराती लगाय...
प्रशासनमा सहमति भएपछि धनकुटाका लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा

प्रशासनमा सहमति भएपछि धनकुटाका लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा

धनकुटा । मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालले विवादित जग्गा फिर्ता गरेका छन् । ज्येष्ठ नागरिकलाई प्रलोभनमा पारेर आफ्नो नाममा राजीनामा पास गराएको आरोप लागेका उनले प्रशासनमा भएको छलफलपश्चात जग्गा फिर्ता गरेका हुन् । धनकुटा नगरपालिका-४ स्थित स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको करिब एक रोपनी दुई आना घडेरी कटुवालले आफ्नो नाममा राजीनामा पास गरेको आरोप लागेको थियो । ...
गुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्द

गुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्द

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाका १० वटै वडाका किसानलाई वितरण गर्ने भनिएको फलफूलका बिरुवाको ठेक्का रद्द गरिएको छ । नगरपालिका र हरिओम हाइटेक कृषि नर्सरी फार्मबीच भएको सम्झौता अनुसार गुणस्तरीय बिरुवा तोकिएको समयभित्र उपलब्ध गराउन नसकेपछि १४ लाखको ठेक्का रद्द गरिएको हो । नगरपालिकाले सबै वडामा सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत बगैँचा विस्तार गर्ने उद्देश्यले किसानलाई फलफूलका बिरुवा वितरण गर...
वर्षा र पहिरोको उच्च जोखिम : धनकुटामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

वर्षा र पहिरोको उच्च जोखिम : धनकुटामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

धनकुटा । वर्षाका कारण आउन सक्ने सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेपछि प्रशासनले एक विज्ञप्ति जारी गर्दै रात्रिकालीन यातायातमा रोक लगाएको हो । प्रशासनका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्र...
धम्की पीडित पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकको सहयोग

धम्की पीडित पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकको सहयोग

धनकुटा । धनकुटाका पत्रकार गोपाल बराइलीलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई आज इन्सेकले ७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका पर्शु कार्कीले समाचारको विषयलाई लिएर गत असार ४ गते भौतिक आक्रमणको धम्की दिएपछि पीडित भएका पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि सहयोग गरिएको इन्सेकले जनाएको छ । इन्सेकले स्थापना गरेको ...
धनकुटा कारागार : ३५ जनाको क्षमता, चार गुणा बढी कैदीबन्दी

धनकुटा कारागार : ३५ जनाको क्षमता, चार गुणा बढी कैदीबन्दी

धनकुटा । धनकुटा कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी रहेका पाइएको हो । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा गएको टोलीले कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य,...
error: Content is protected !!