उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा आमाछोरा मृत फेला परेका छन् । करिब ४० वर्षीया आमा निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा मृत फेला परेका हुन् । गएराति उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का छ । उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईँले जानकारी दिए । ‘बिहानको राति हत्या भएको हुनसक्छ,’ चापागाईँले संगालोखबरसँग भने, ‘अनुसन्...
उदयपुरको कटारीमा एक पुरुष मृत अवस्थामा भेटिए

उदयपुरको कटारीमा एक पुरुष मृत अवस्थामा भेटिए

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजाबासमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । उक्त स्थानमा रहेको डम्पिङ साइटमा ताप्ली गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाई मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभास राईका अनुसार बिहान भेटिएको शवको पहिचान हुन सकेको थिएन । उनका नाति पर्ने ३४ वर्षीय मीनबहादुर परियारले शवको पहिचान गरेका हुन् । स्थानीय बासिन...
सुनसरी र उदयपुरमा दुर्घटनाः दुई जनाको मृत्यु

सुनसरी र उदयपुरमा दुर्घटनाः दुई जनाको मृत्यु

सुनसरी । सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार भएका दुर्घटनामा मोटर साइकल चालक र ट्याक्टर चालकको मृत्यु भएको हो । सुनसरीको इनरुवा नगरपालिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–२ का ५२ वर्षीय रमानन्द मेहताको मृत्यु भएको हो । ट्रक...
उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुर । उदयपुरको चुरे जंगल क्षेत्रमा रहेको सडक खण्डमा ‘विंगर’ गाडी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका–३ की ५० वर्षीया गीता कार्की राउत को मृत्यु भएको हो । गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना १ ज ६२७९ नम्बरको विंगर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

विराटनगर । दुर्लभ वन्यजन्तु र तिनको अंगसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र उदयपुरबाट पक्राउ परेका उनीहरूको साथबाट दुर्लभ वन्यजन्तु सालकको खपटा, विशेष प्रजातिको छेपारो लगायत बरामद गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्र १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगन...
कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

विराटनगर । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । देशभर गरी विभिन्न जिल्लामा ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । ती रिक्त स्थानहरूमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न प्रस्ताव गरिएको छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आ...
लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् । यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्...
उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालि...
उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयजना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए ।  शैय्या अभावमा बिरामीलाई भुइँमा राखेर उपचार...
जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

उदयपुर । प्रदेश सरकारको नेतृत्व गरिरहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उदयपुरस्थित चौदण्डीगढी नगर कमिटीद्वारा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरेका हुन् । स्थिर सरकार नभएर फेरबदलको खेल मुख्य जिम्मेवार भएको भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेससँगको वर्तम...
पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । अविरल वर्षासँगै झरेको पहिरोले उक्त स्थानका चार घर बगाएको थियो । १५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा घर बगाएर विचल्लीमा परेका तथा जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । यसैबीच, पहिरोका कारण अवरुद्ध उदयपुरको गाईघाट...
पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

उदयपुर । अविरल वर्षापछि झरेको पहिरोले घर बगाउँदा उदयपुरमा एक बालिकाको आज बिहान मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा रहेको उनीहरुको घर पहिरोले बगाएको थियो । स्थानीयका तीनवटा घरमा पनि पहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी राजेन चापागाईंका अनुसार पहिरोमा परी स्थानीय ८ वर्षीया रुपकला मगरको मृत्यु भएको हो । उनकी ४० ...
उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सिसाको बोतलमा आउने बियरलगायत मदिरा, कोकाकोला र फेन्टा जस्ता चिसो पेयका साथै चुरोट, खैनी र गुट्का बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता वस्तु आयात र बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते कसेको कार्यपालिकाको १८औं बियर, रक्सी, सबै खालका चियो पेय, खैनी, ...
पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् । साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । खोटाङबा...
लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनिय...
पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

विराटनगर । उदयपुर र ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बु छन् । उदयपुरको त्रियुगा–१२ स्थित साथीको घरमा गएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उद...
मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

उदयपुर । मदन भण्डारी राजमार्गको बेलका नगरपालिका–५ मा मोटरसाइकलको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । सुपाडेबाट चतरातर्फ गइरहेको ‘अनटेस्ट’ मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ८९ वर्षीया मायासरी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करले टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका...
शिक्षकले विद्यार्थीको निधारमा ‘मेरो कापी छैन’ लेखिदिएपछि…

शिक्षकले विद्यार्थीको निधारमा ‘मेरो कापी छैन’ लेखिदिएपछि…

उदयपुर । शिक्षकले विद्यार्थीलाई कुनै किसिमको सजाय दिनु, दुर्व्यवहार गर्नु हुँदैन । अझ विद्यार्थी निरुत्साहित हुने खालका गतिविधि त गर्नै हुँदैन । उनीहरुले कुनै गल्ती गरेको अवस्थामा त्यसो गर्नु ठिक होइन भनेर सुधार्ने प्रयास गर्नुपर्ने महत्वपूर्ण भूमिका शिक्षकको हुन्छ । तर कतिपय शिक्षकले आफ्नो जिम्मेवारीको महत्व राम्ररी बुझेका हुँदैनन् । यस्तै भएको छ उदयपुरमा । कटारी नगरपालिका–२ खोक्सास्थित कमला आ...
उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदम खड्काको निधन भएको छ । ९ दिनअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा उनी घाइते भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि उनलाई काठम...
धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । धनकुटा, झापा, मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजासहित विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट ३० वर्षीय सुकदेव राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आँखिसल्लास्थित प्रहरी चौकीको टोलीले उनलाई पाँच सय ग्राम गाँजा र विभिन्न नामका प्रतिबन्धित औषधिसहित पक्राउ...
टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

उदयपुर । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार बिहान उदयपुरमा दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट बेलटार गइरहेको प्र १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–९५२ प ३९५८ नम्बरको मोटरसाइकललाई फूलजोरमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी निरीक्षक विद्यालाल सा...
काठमाडौंबाट इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना

काठमाडौंबाट इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना

उदयपुर । काठमाडौंबाट सुनसरीको इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना भएको छ । सोमबार अपराह्न त्रियुगा नगरपालिका–७ मा उक्त हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हायसमा चालक र सह–चालकसहित १६ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर र धरान पठाइएको प्रहरीले जनाएको छ । अरु साम...
उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद

उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद

उदयपुर । उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद भएको छ । प्रहरीका अनुसार बेलका नगरपालिका–८ सिसौलीघाटबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । रामपुरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेसबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा आइतबार बिहान गाँजा बरामद गरेको जनाइएको छ । गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा प्रहरी टोलीले निगरानी गरेको थियो । त्यस क्रममा ६ वटा बोरामा लुक...
उदयपुरको त्रियुगामा नोवेलको शिविरः २ हजारभन्दा बढीको उपचार

उदयपुरको त्रियुगामा नोवेलको शिविरः २ हजारभन्दा बढीको उपचार

उदयपुर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट उदयपुरको त्रियुगा नगरपालिका–१० मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२ सयभन्दा बढीले सेवा लिएका छन् । बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा सञ्चालित शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग विशेषज्ञले सेवा दिएका थिए । यसैगरी, छाला रोग, नाक कान घाँटी ...
हुरीले उदयपुरका दर्जनौं घरमा क्षति, बिजुली अवरुद्ध

हुरीले उदयपुरका दर्जनौं घरमा क्षति, बिजुली अवरुद्ध

उदयपुर । हावाहुरीका कारण उदयपुरमा लाखौंको धनमाल क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका बिजुलीका ६८ वटा खम्बा भाँचिएका छन् । त्यसले गर्दा विभिन्न स्थानमा बिजुली अवरुद्ध बनेको छ । विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीका अनुसार खम्बा ढलेर अवरोध हुँदा बेलका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ...
चट्याङले लागेर उदयपुरमा एकजना महिलाको मृत्यु

चट्याङले लागेर उदयपुरमा एकजना महिलाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ सिम्लेमा चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर स्थानीय ५३ बर्षीया चन्द्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घरैमा सुतिरहेका बेला गएराति परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । राति हावाहुरीसहित पानी पनि परेको थियो । त्यस क्रममा स्थानीय बासिन्दाले लगाएका बालीमा पनि नोक्सानी भएको जनाइएको छ...
कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

विराटनगर । कोशी प्रदेश सरकारले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । ‘नयाँ प्रविधि किसानसम्म पुगोस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको मन्त्री खत्रीले बताए । यसअघि कोश...
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ । तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित ज्यामिटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीया पार्वती बिश्वकर्मा छिन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागेको अवस्थामा श्रीमतीलाई बचाउन खोज्दा उनका श्रीमान रुपेश घाइते भएका ...
error: Content is protected !!