कोशी प्रदेश सभा सहज ढंगले सञ्चालन नहुँदा समस्या थपिएको छ : उपसभामुख दनुवार
धनकुटा । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको कोशी प्रदेशसभा अझै सहज रूपमा सञ्चालनमा आउन नसक्दा समस्या झेल्नु परेको बताएकी छन् ।
आज प्रदेश सभा सचिवालयको सहकार्यमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले उदयपुरको बेलकामा आयोजना गरेको बजेट निर्माण, सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय सङ्घीयता कार्यान्वयन विषयक तालिमको उद्घाटन समारोहमा बोल्दै उपसभामुखले यस्तो ब...

























