इलाममा विद्युत् प्रसारण लाइन विस्तारको माग
पशुपतिनगर, २१ फागुन । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् ।
लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।
साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग...





























