प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाइएको हो ।
ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।
काठमाडौंको लाग...


























