सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति
विराटनगर । सोलुखुम्बुको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । नेचासल्यान गाउँपालिका-३ गैरिबारीका मुक्ति बास्तोलाको घरमा बुधबार साँझ आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनको तीन तले घरमा आगलागी हुँदा करिब २४ लाख बराबरको क्षति भएको छ । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय नेचाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सह...































