
विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् ।
आज केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले एकतर्फी भएपनि माया गर्न नछाड्ने बताएका हुन् ।
हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरिरहेका थिए । हर्कले लगातार गाली गरेपछि बालेनले स्टाटस लेख्दै हर्कलाई फकाउन खोजेका छन् ।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन’, बालेनले लेखेका छन्, ‘एक एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

संगालोखबर 













