संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!