
विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । बैठकको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ रहेको उल्लेख गरे ।
निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया भएकाले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने उनको भनाइ थियो । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको बताए ।

संगालोखबर 
















