सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलामा ?
विराटनगर । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि गत कात्तिक १५ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार स...






























