उम्मेदवारी दर्ताका लागि एमाले अध्यक्ष ओली आज झापा आउँदै
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी मनोनयनका लागि आज झापा आउने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः२५ बजेको जहाजबाट ओली झापा आउन लागेका हुन् ।
पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन् । यसैगरी ३ नम्बर क्षेत्रको बारेमा पनि उनले भ...





























