भोजपुरको षडानन्दमा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमूल प्रदर्शनी कार्यक्रमको अवसरमा आजबाट बीउ बैंक सञ्चालनमा ल्याइएको हो ।
एक वर्ष अघि आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरु भएको नगरप्रमुख सुरेन्द्रकुमार सुन्दासले बताए ।
उनले बिउ बैंक परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थान...





























