संगालोखबर


विराटनगर । २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । ‘सबै तहका सरकार तयार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ प्रभातफेरी निकालिएको हो ।

जिल्ला प्रशासन कार्यलयबाट निकालिएको र्‍याली गोल्छा चोक, जलजल चोक, हस्पिटल चोक हुँदै पुनः जिल्ला प्रशासन कार्यलयमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा भूकम्प सुरक्षा सम्बन्धी सन्देशमूलक प्लेकार्ड, ब्यानर तथा नारा प्रस्तुत गरिएको थियो ।

वि.सं १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष राष्ट्रिय भूकम्प दिवस मनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको प्रभातफेरीमा सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!