
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ६० रुपैयाँ बढेर पाँच हजार छ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













