आजबाट कक्षा १२ को परीक्षा सुरु
विराटनगर । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा पाँच लाख ११ हजार बढी परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घड...































