धनकुटाको साँगुरीगढी-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित रहेको ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि क्यान्सर उपचारका लागि भारतमा रहेका थिए । लामो समयदेखि उपचाररत रहेका उनले वडा सदस्य केशर लिम्बूलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए ।
गाउँपालिका...




























