धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो
धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...





























