बससँगै बगेर बेपत्ता भएका दुईजना मृत भेटिए
विराटनगर । नारायणी नदी किनारमा आज दुईवटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदीको बीच भागको टापुमा शव फेला परेका हुन् ।
नदीले बगाएर ल्याएका अन्दाजी २५-३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । त...




























