विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । राउण्ट टेबल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेबल नेपाल एरिया–२ ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्...
१० सदस्यीय बन्यो कोशी प्रदेश मन्त्रिपरिषद्

१० सदस्यीय बन्यो कोशी प्रदेश मन्त्रिपरिषद्

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ७ मन्त्री र २ राज्यमन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । कोशी सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन् । उनी हालसम्म बिना विभागीय मन्त्रीका रुपमा थिए । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि बिना विभागीय मन्त्रीका रुपमा नियुक्त...
झापाकी अनमोलले जितिन् ‘मिस पिंक २०२४’ को उपाधि

झापाकी अनमोलले जितिन् ‘मिस पिंक २०२४’ को उपाधि

काठमाडौं । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज झापाकी अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै झापाको दमककी राईले मिस पिंकको उपाधि उचालेकी हुन् । राईले १ लाख रुपैयाँ पुरस्कार समेत पाएकी छन् । ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विज...
ओखलढुंगामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु १८ घाइते

ओखलढुंगामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु १८ घाइते

ओखलढुंगा । जलविद्युत् आयोजनाका मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । खिजीदेम्बा गाउँपालिका–१ रगनीमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खिजीदेम्बा–३ का १८ वर्षीय आयुष सुनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको पछाडिको ट्रली पल्टिँदा त्यसमा सवार मजदुरहरुमध्ये एकजनाको मृत्यु भएको र अन्य घाइते भएको जिल्ला प्रहरी...
विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विराटनगर । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले चेतनामूलक र्‍याली आयोजना गरेको छ । मे १७ का दिन यो दिवस विश्वभरि मनाइँदै आएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधिसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा नोवेलले आज बिहान विराटनगरको महेन्द्रचोकबाट तिनपैनीसम्म चेतनामूलक र्‍याली आयोजना गरेको थियो ...
धनकुटाको फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना

धनकुटाको फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना

धनकुटा । तमोर करिडोर सडक क्षेत्रमा पर्ने धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । पोष्टमा प्रहरी हवल्दारको नेतृत्वमा ५ जनाको टोली रहने भएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म दैनिक दर्जनौँ सवारीसाधन सञ्चालन हुने गरेका छन् । उक्त सडक खण्डको पाँचथरतिर म...
खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितको सहयोगका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि मिलेर राहत रकम जुटाएका छन् । विभिन्न सात राजनीतिक दलका स्थानीय समितिका पदाधिकारी मिलेर दुई लाख रुपैयाँभन्दा बढी रकम जुटाइएको हो । २३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपैयाँ संकलन गरिएको पार्टीका स्थानीय कमिटीले जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा डढेलो र आगलागीबाट स्थानीय बासिन्दाका ५...
माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

सङ्खुवासभा । माछा मार्ने क्रममा करेन्ट लागेर सङ्खुवासभाको चिचिलामा एक युवकको मृत्यु भएको छ । माछा मार्न करेन्ट लगाउने क्रममा उनी आफैँलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर चिचिला गाउँपालिका–२ ज्यामिरेका २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो । ब्याट्री प्रयोग गरी स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए...
बढ्दै गर्मी, तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन सुझाव

बढ्दै गर्मी, तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन सुझाव

विराटनगर । आगामी दुई–तीन दिनसम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भन्दै सावधानी अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई–तीन दिन तातो हावा चल्ने र अत्यधिक गर्मी हुनेछ । तराईसहित केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागले जनाएको छ । केही दिनअघि वर्षा हुँदा भने तापक्रम घटेको थियो । तराईमा धेरै गर्मी र हावासमेत तातो चल्न...
लागूऔषध कारोबारी पक्रन प्रहरीले चलायो गोली

लागूऔषध कारोबारी पक्रन प्रहरीले चलायो गोली

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध ब्राउन सुगर कारोबारमा सक्रिय दुईजनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । हिजो बेलुका प्रहरीको टोलीले उनीहरुमाथि गोली चलाएको हो । काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्यस क्रममा दुवैजनालाई पक्राउ गरेको थियो । प्रहरीको गोली लागेर श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । मण्डलको दायाँ खुट्टामा १ राउन्ड गोली लागेको छ । उनक...
सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

सुन लुकाएर अपहरणमा परेको नाटक गर्ने इलामका युवक पक्राउ

विराटनगर । विदेशबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिने उद्देश्यले अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले इलाम घर भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सूर्योदय–१४ घर भइ झापाको बिर्तामोडमा बस्दै आएका ३८ वर्षीय सूर्यबहादुर समाल मगर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एकजना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो । सामान्य चोट ...
सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

सञ्चारकर्मीसँग सभामुखको गुनासो- कार्यक्रमका समाचार नै आएनन्

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आफू उपस्थित भएका कार्यक्रमका समाचार नै नआएको गुनासो गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीहरूसँगको भेटमा सभामुख विष्टले यस्तो गुनासो गरेका हुन् । उनले आफू उपस्थित कार्यक्रमका समाचारहरू प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका थिए । डेढ वर्षसम्म विषयगत समितिका सभापति चयन गर्न नसकेको कोशी प्रदेशसभाले जेठको दोस्...
अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

अध्यक्ष कप भलिबलमा सहिदभूमि-३ र ५ को टिम विजयी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित दोस्रो संकरणको अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सहिदभूमि गाउँपालिका–३ ‘ए’ विजयी भएको छ । फाइनल खेलमा सहिदभूमि गाउँपालिका ३ ‘ए’ ले सहिदभूमि गाउँपालिका–३ ‘बी’ लाई उत्कृष्ट पाँचमा ३–२ को सेटले हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै, मह...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

झापा । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो ...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
धनकुटा र सुनसरीबाट लागूऔषधसहित तीनजना पक्राउ

धनकुटा र सुनसरीबाट लागूऔषधसहित तीनजना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ हिलेबाट स्थानीय २३ वर्षीय केवल तामाङ र २६ वर्षीय सुजन तामाङलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट स्पास्मो र ट्रामाडोल लगायतका नियन्त्रित औषधि बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार गरी प्रयोग गर्ने साथै बेच्ने समेत गरेको सूचनाका आधारमा प्रहरी...
मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रंगेली नगरपालिका–३ मा रहेको फर्निचर पसल र ग्यारेजमा आज बिहान आगलागी भएको हो । स्थानीय सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा भएको आगलागीमा परी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगोले फर्निचर पसलका कुर्सी, सोफा तथा फर्निचर बनाउने औजारहरु जलेर नष्ट भएको छ । ग्यारेजमा आगलागी हुँदा विभि...
भागबण्डा नमिल्दा कोशी मन्त्रिपरिषद विस्तारमा ढिलाइ

भागबण्डा नमिल्दा कोशी मन्त्रिपरिषद विस्तारमा ढिलाइ

विराटनगर । मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा कोशी प्रदेश मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति जुटाएर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए । मन्त्रालय भागबण्डाको विषय अझै छलफलमा रहेको जनाउँदै एमालेका एकजना नेताले छलफलपछि सहमति जुटाएर मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । सत्ता साझेदार दल माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेल...
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वस्ती

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वस्ती

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा मोरङ विराटनगरका नारायणप्रसाद वस्तीलाई सिफारिस गरेका छन् । संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका हुन् । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै हुने जनाइएको छ । वस्ती नेकपा एमालेनिकट कानून व्यवसायीहरुको संगठन प्रगतिशील तथा व्यावसायिक कानून व...
विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको क्वाटरफाइनल खेलमा जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतक पूरा गरे । अनुभवले ४१...
पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुङ्गा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएक...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
सुनसरी र जोगबनी विजयी

सुनसरी र जोगबनी विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत, जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा भएको खेलमा जोगवनीले घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टिम अन्तिम आठमा पुगेको हुन् । टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २०...
सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

सन्दर्भ जेठ ३ : ती मदन भण्डारी

आज जेठ ३ गते । ३१ वर्षअघि आजकै दिन एमालेका चर्चित नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको ‘दुर्घटना’ मा निधन भएको थियो । नेताद्वयको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको बल्खुमा आज बिहान आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति तथा भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । उनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेकी छन् । ‘महारा...
कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
error: Content is protected !!