मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको चुनावी अभियान सकेका छन् । फागुन १३ गतेसम्म निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो गरेका हुन् । अभियानको समीक्षा गर्दै घिमिरेले पहिलो चरणमा २० हजारभन्दा बढी घरसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेको बताए । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले मोरङ ४ मा सङ्गठन परिचालन तीब्र बनाएको छ । २३ व...
विराटनगरको आरोहण गुरुकुलमा विद्यार्थीहरूले प्रस्तुत गरे नाटक (फोटो फिचर)

विराटनगरको आरोहण गुरुकुलमा विद्यार्थीहरूले प्रस्तुत गरे नाटक (फोटो फिचर)

विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको नाटक आज आरोहण गुरुकुल नाटक घरमा मञ्चन गरिएको हो । विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् । रचना सापकोटाले लेखन गरेको यस नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । नाटकमा कक्षा ९ का १४ ज...
निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भएमा सरकारले उपचार गर्ने

निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भएमा सरकारले उपचार गर्ने

काठमाडौं । सरकारले आगामी निर्वाचनको सुरक्षामा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले खर्च बेहोर्ने निर्णय भएको बताए । गृहमन्त्री अर्यालका अनुसार निर्वाचनको दौरान घाइते हुने नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले निःशुल्क गर्ने निर्...
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र

७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पु‍र्याइएको छ  । काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पु‍र्याइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पु‍र्याइने छ ।
सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी भगवती चौधरीले चुनावी अभियानलाई तीब्र बनाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चौधरीले मतदातासँग भेटघाट गरिरहेकी छन् । उनले आफूले गर्न नसक्ने झुटो आश्वासन नदिने, अरु उम्मेदवारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर सुशासनका लागि लड्ने प्रतिबद्धता जनाएकी छन् । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा...
एमाले अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका टोल-टोलमा मतदाता भेट्दै

एमाले अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका टोल-टोलमा मतदाता भेट्दै

झापा । निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरूपमा गौरीगञ्ज केन्द्रित हुनेछन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दैछन् । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ...
यी हुन् कालो सूचीमा परेका सात निर्माण कम्पनी

यी हुन् कालो सूचीमा परेका सात निर्माण कम्पनी

विराटनगर । विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नगर्ने ७ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो । विभिन्न सरकारी निकायहरूले काममा लापरवाही गर्ने ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले यस्तो निर्णय गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँ कायम भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय र आइतबार तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय ३० रुपैयाँ बढेर पाँच...
राष्ट्र निर्माणले जित्यो रतुवामाई स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

राष्ट्र निर्माणले जित्यो रतुवामाई स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । मोरङको रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्र निर्माण बोर्डिङ स्कुल इटहराले जितेको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा भएको तीन दिवसीय प्रतियोगितामा २३ पदकसहित राष्ट्र निर्माणले उपाधि जितेको हो । रतुवामाई नगरपालिकाभित्रका २१ विद्यालयलाई पछि पार्दै ९ स्वर्ण, ७ रजत र ७ कास्यसहित २३ पदकका साथ राष्ट्र निर्माण प्रथम भएको सौँठा माध्...
विराटनगरको अर्किड कलेजका सय बढी विद्यार्थी सम्मानित

विराटनगरको अर्किड कलेजका सय बढी विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरस्थित अर्किड कलेजले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीका साथै खेलकुद प्रतियोगितामा पदक विजेता सयभन्दा बढी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । कलेजले कक्षा ११ र १२ को आन्तरिक तथा बोर्ड परीक्षामा उत्कृष्ट १० भित्र पर्न सफल र प्रथम, द्वितीय तथा ...
विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका युवा नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताएका छन् । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । उनले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतार...
भोजपुरमा एमाले उम्मेदवार शेरधन राईको प्रतिबद्धता : के छन् प्राथमिकता ?

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईको प्रतिबद्धता : के छन् प्राथमिकता ?

भोजपुर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । राईले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएका छन् । मध्यपहाडी लोकमार्गको चखेवा-दिक्तेल खण्डलाई अविलम्ब कालोपत्रे गर्ने, कोशी राजमार्गको वैकल्पिक मार्गका...
रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विकास निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनको दायरामा बाँधेर काम गराउने नीति लिएको बताएका छन् । आज इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो नीति ठेकेदारलाई डोरीले बाँध्ने होइन, कानुनले बाँध्ने हो । कानुनभन्दा माथि कोही पनि छैन, त्यसैले कानुन...
आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले देशमा उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । आज सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले बोर्डर पारीको तरकारी खानुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले काम गर्ने उल्लेख गरे । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम, दमकको चिया’, उनले भने, ‘ख...
धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुँदै

धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुँदै

विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते  ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता प्रतियोगिता हुने भएको हो । आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहने छ । जसबाट प्रतियोगितालाई...
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय स्थापना

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय स्थापना

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो । कार्यालयको उद्‌घाटन महानगरका मेयर नागेश कोइरालाले गरेका छन् । विराटनगर-३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिल...
मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को उम्मेदवार बनेका विनोद ढकाल पितृशोकपछि चुनावी अभियानमा फर्किएका छन् । पितृशोकको १३ दिने काम सकेर आजबाट ढकाल चुनावी अभियानमा फर्किएका हुन् । चुनावी अभियानकै क्रममा माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधन भएपछि कोरामा बसेका उनी १३ दिने काम सकेको भोलिपल्टै सेतो कपडामा चुनावी अभियानमा निस्किएका छन् । उनले कोरामा बसेकै बेला फागुन ३ गते आफ...
मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनलाई लक्षित गर्दै ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रको विकासका लागि प्राथमिकताका आधारमा तयार पारिएको विस्तृत योजना उनले सार्वजनिक गरेका हुन् । उम्मेदवार घिमिरेले विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनको ...
काठमाडौं मेडिकल कलेजद्वारा ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं मेडिकल कलेजद्वारा ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजले घोषणा गरेको छ । मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै साम्बा नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थ...
सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँद...
अमेरिकामा उदयपुरका थापाले गरे श्रीमती र छोरीको हत्या, प्रहरीले गोली चलाउँदा उनको पनि मृत्यु

अमेरिकामा उदयपुरका थापाले गरे श्रीमती र छोरीको हत्या, प्रहरीले गोली चलाउँदा उनको पनि मृत्यु

विराटनगर । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा उदयपुरको बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको विभत्स हत्या गरेका छन् । उनले सोमबार बिहान १० इन्च लामो धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका हुन् । अमेरिकाबाट सञ्चालित खसोखास अनलाइनका अनुसार बिहान करिब ५ः१५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घटना भएको हो । छत्रबहादुरका ज्वा...
रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान

रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान

विराटनगर । अमेरिकाको भर्जिनिया निवासी साहित्यकार तथा समाजसेवी पशुपति घिमिरेले रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन् । उनले विद्यार्थीको चाहना अनुसार चार थान भलिबल र दुई थान नेट विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसित शैक्षिक गुणस्तर र खेलकुद विषयमा छलफल समेत गरेका छन् । उनले विद्यालयको आर्थिक र भौतिक संरचना अत्यन्तै ...
विराटनगरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

विराटनगरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

विराटनगर । विराटनगर-११ जनपथ टोलबाट सडकमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-१५ का ४१ वर्षीय दिपेश रेग्मी छन् । प्र १-०२-०४८ प २०६३ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनका सम्ब...
अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : ओली

अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य निर्वाचन झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले अब कुनै पनि संरचना नजल्ने बताएका छन् । आज झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि सर्वोच्च संरचना जल्न नदिने बताएका हुन् । जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको ...
इलाममा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

इलाममा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

विराटनगर । इलामको सूर्याेदय नगरपालिका-७ पाल्टाङगेमा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार झापाको बिर्तामोड-५ का ५० वर्षीय मनोज चौधरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार बिर्तामोडबाट इलाम जाँदै गरेको प्र १-०१-०१८ प १५२० नम्बरको मोटरसाइकलमा सवार चौधरी सडकमा लडेका थिए । सोही समयमा विपरीत दिशातर्फ जाँदै गरेको मे १ ख १९९८ नम्बरको ...
उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीमा बस दुर्घटना भएको छ । कटारीबाट गाइघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस आज बिहान ११ः५० बजे दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । बस आफैं अ...
मोरङको रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मोरङको रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले उद्‌घाटन गरेका छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएको बताए ।...
मोरङको रंगेलीमा कृषि फार्ममा आगलागी हुँदा ११ लाखको क्षति

मोरङको रंगेलीमा कृषि फार्ममा आगलागी हुँदा ११ लाखको क्षति

विराटनगर । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेस्थित कृषि फार्ममा आगलागी भएको छ । आज बिहान करिब ५ः४५ बजेतिर भएको आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको छ । टिकुमाया अधिकारीको नाममा दर्ता रहेको र जीवन अधिकारीले सञ्चालन गर्दै आएको टिनको छानो र बाँसको टाटीबेराले बनेको फार्ममा लागेको आगो नियन्त्रणमा लिन दमकल र स्थानीयलाई एक घण्टाबढी लागेको थियो । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् ...
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँ बढेर पाँच हजार प...
झापा–५ का उम्मेदवार बालेनले सार्वजनिक गरे बाचा पत्र

झापा–५ का उम्मेदवार बालेनले सार्वजनिक गरे बाचा पत्र

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ का उम्मेदवार बालेन शाहले चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् । संसद्मा प्रभावकारी कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने एजेन्डाहरूलाई मुख्य प्राथमिकता दिँदै उनले बाचा पत्र सार्वजनिक गरेका हुन् । बाचा पत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौ...
error: Content is protected !!