
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई बिदाइ गरेको छ । वैशाख १४ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सहभागी हुने विज्ञान संकायका करिब १ हजार २ सय विद्यार्थीलाई कलेजले बिदाइ गरेको हो ।
प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यार्थीको उज्ज्वल भविष्यप्रति कलेज प्रतिबद्ध रहेको बताए । कार्कीले कलेजमा आर्जन गरेको ज्ञान, सीप र अनुशासनलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
सो अवसरमा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू प्रतिमा रौनियार, प्राञ्जल नेपाल र मञ्जिला ओझालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा ११ की छात्रा सुम्निमा न्यौपाने तथा कक्षा १२ का विद्यार्थीहरू अर्पिता राजवंशी, अनिक मण्डल र मुस्कान गुप्ताले कलेज जीवनको अनुभव र सिकाइ सुनाएका थिए । कार्यक्रमका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीतलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

संगालोखबर 























