विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन

विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको छ । नवनिर्मित भवनको मेयर नागेश कोइरालाले मंगलबार उद्घाटन गरे । भवन निर्माणका लागि स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले २ कठ्ठा १० धुर जमिन निःशुल्क उपलब्ध गराएका थिए । त्यस अवसरमा मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए । उनले स्वास्थ्य केन्द्रमा...

नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी

नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा इलामको सन्दकपुरका अविरमान गुरुङको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । मुटुमा समस्या भएर आएका सन्दकपुर-२ का ६० वर्षीय गुरुङको विना स्टेण्ट एन्जियोप्लाष्टी गरिएको हो । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाह कमी भई मानिसको ज्यान नै जान सक्ने खतरा हुन्छ । यस्तो अवस्थामा चिकित्सकले बिरामीलाई एन्जियोप्लाष्टी गर्छन् । प्राय एन...

धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने

धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने
धनकुटा । धनकुटामा फागुन २९ देखि चैत्र २ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेर चार दिनसम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाइने छ । जिल्लामा ८ हजार ८ सय ६७ बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउँने स्वास्थ्य कार्यालयको लक्ष्य छ । महालक्ष्मीमा १ हजार २ ...

नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया गरिएको छ । मोरङको कटहरी गाउँपालिकाकी १० वर्षीया दिपिका ऋषिदेवको ठूलो र जटिल ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उनलाई दुई महिना अघिदेखि टाउको दुख्ने र उल्टी हुने समस्या देखिएको थियो । विस्तारै शरीरको देब्रे भाग चल्न छोडेर दुई दिनदेखि बेहोस थिइन् । नोबेलमा ल्याएर सीटीस्क्यान गर्दा टाउकाको दाह...

धनकुटामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने

धनकुटामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने
धनकुटा । धनकुटा नगरपालिका-७ परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डायग्नोस्टिक सेन्टरमा यही माघ २८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा सुभाष मेडिकलले एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर गर्न लागेको हो । पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, शरीरमा निस्किएका गाँठागुँठी लगायतको निःशुल्क जाँच ग...

इटहरीमा जलन अस्पताल बनाइने

इटहरीमा जलन अस्पताल बनाइने
विराटनगर । इटहरी उपमहानगरपालिका–११ पकलीस्थित भवानीपुरमा जलन अस्पताल निर्माण गरिने भएको छ । जलेका बिरामीहरूको उपचारका लागि भवानीपुरमा एक सय शैयाको अस्पताल बनाउँन लागिएको हो । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा.गौरी प्रधानले सम्झ...

कीटजन्य रोग नियन्त्रणको समीक्षा

कीटजन्य रोग नियन्त्रणको समीक्षा
धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ । लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता ...

२७ दिनको शिशुको जटिल शल्यक्रिया

२७ दिनको शिशुको जटिल शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । ...

केएमसीमा अत्याधुनिक एमआरआई

केएमसीमा अत्याधुनिक एमआरआई
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रले जानकारी दिए । ‘ने...

विराटनगरमा न्यूरो सर्जनको सम्मेलन

विराटनगरमा न्यूरो सर्जनको सम्मेलन
विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन...
error: Content is protected !!