विश्व मधुमेह दिवसको अवसरमा विराटनगरमा र्याली
विराटनगर । विश्व मधुमेह दिवसको अवसरमा डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) ले विराटनगरमा सचेतनामूलक र्याली निकालेको छ । विश्वव्यापी नारा ‘मधुमेह र स्वस्थ जीवन’ लाई प्रवर्द्धन गर्न ब्यानरसहित सचेतनामूलक र्याली निकालिएको हो ।
पिपल चोकबाट सुरु भएर नोबेल अस्पतालमा समापन भएको र्यालीमा स्वास्थ्यकर्मी तथा सचेत नागरिकहरूको सहभागिता थियो । मधुमेहबारे समुदायस्तरमा सचेतना पुर्याउन र्याली...






























