त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नियमित पठनपाठन छठ पर्वपछि मात्रै हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण समस्या भएको जनाउँदै आगामी कात्तिक ११ गतेपछि मात्रै पठनपाठन सुरु हुने जनाएको हो । हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यु

देशभर निषेधाज्ञा र कर्फ्यु

विराटनगर । नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट गरिरहेको सेनाले उल्लेख गरेको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि स...
प्रचण्ड निवासमा तोडफोड र आगजनी

प्रचण्ड निवासमा तोडफोड र आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् । उनको निवास नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्ड निवास पुगेर ढुंगामुढासँगै आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सोमबारबाट चर्किएको जेनजी पुस्ताको आन्दोलन आज थप चर्किएको छ ।
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले सुरुमा मन्त्री गुरुङको घरमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि आगजनी गरिएको हो ।  
गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर धेरैको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गोलीसमेत चलाएको थियो । सो क्रममा हालसम्म...
अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंमा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो । प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । इटहरीका भने प्रदर्शनकारीको गोली लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको हो । प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिचय खुलेको छैन । प्रदर्शन...
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । सामाजिक सञ्जाल  बन्द र भ्रष्टाचारको विरोधमा युवापुस्ताको आन्दोलन चर्किएका बेला आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, विराटनगर, इटहरी लगायत देशका ठूला शहरहरूमा आन्दोलन जारी...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलेको छैन । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्...
जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टर र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । यस्तै केएमसीमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्र...
अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ । गोली लागेर घाइते भएका एक २० वर्षीय युवाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न बाँकी छ । यसअघि गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदर्शनमा करिब ७०/८० जना घाइते भएका र उनीहरूको विभिन्न अस...
बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

विराटनगर । आज जेनजी पुस्ताले प्रदर्शन गर्ने भएका छन् । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्न लागेका हुन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् । प्रदर्शनको उद्देश्य भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता ...
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक ब...
यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

विराटनगर । सरकारले दर्ता प्रक्रियामा नआएका भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै दर्ता प्रकृयामा नआएका सामाजिक सञ्जाल बन्द गर्न लागिएको हो । नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत भइसकेका मन्त्रालयले जनाएको छ । यी पाँचवटा प्लेटमर्फ भने सञ्चालन हुनेछन् । मन्त्रा...
फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

विराटनगर । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय...
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी प्रदान गरेका हुन् । भदौ १३ को मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई आजबाट लागुहुनेगरि प्रहरी प्रमुखमा नियुक्त ...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
आज यी नदीमा छ बाढीको जोखिम

आज यी नदीमा छ बाढीको जोखिम

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली भइरहेको छ ।  कोशी, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, ...
डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । केसीले आजबाट कैलाली गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह सुरु गरेका हुन् । यो उनको २३ औं सत्याग्रह हो । यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने...
३२ औं प्रहरी महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

३२ औं प्रहरी महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौं । ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उनले भदौ १८ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी समाल्नेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश...
आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदै

विराटनगर । आज नेपाली महिलाहरूले धुमधामका साथ हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्त...
सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

विराटनगर । सरकारले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै गरेको निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ । नेपाली भाषा र लिपिको अस्तित्व संकटमा पार्ने गरी गरिएको निर्णय तत्कालै सच्याउनुपर्ने भन्दै परिषद्ले देशैभरबाट ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको परिषद्ले आज भौतिक पूर्...
यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि पठाएअनुसार ती कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका यी क...
आज तीजको दर खाने दिन

आज तीजको दर खाने दिन

विराटनगर । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खीर, ढकनी, गुँदपाक र मिठाईजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर खाने समय भने ठाउँ अनुसार फरक-फरक ...
शिक्षक महासङ्घद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा 

शिक्षक महासङ्घद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा 

काठमाडौं । नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको समेत दिएको छ । यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने महासङ्घले जनाएको छ । यस्तै...
कोशीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भ...
टीपीएस सुविधा खारेज गर्ने बाटो खुल्यो: ७ हजार नेपालीले अमेरिका छाड्नुपर्ने 

टीपीएस सुविधा खारेज गर्ने बाटो खुल्यो: ७ हजार नेपालीले अमेरिका छाड्नुपर्ने 

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि अमेरिका बस्न पाउने विशेष टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । अब टीपीएस सुविधा लिएर अमेरिकामा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली स्वदेश फर्कनुपर्ने भएको छ ...
शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा, यस्ता छन् पाँच बुँदे माग

शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा, यस्ता छन् पाँच बुँदे माग

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै भोलिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरिएको हो । भोलि बिहान ११ वजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नया...
आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईका  एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेश लगायत बाँ...
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पुरी ‘प्याब्सन रत्न’द्वारा सम्मानित

प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पुरी ‘प्याब्सन रत्न’द्वारा सम्मानित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी ‘प्याब्सन रत्न’बाट सम्मानित भएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पुरीलाई सम्मान गरेका हुन् । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । ...
आज कोशीका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम

आज कोशीका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम

विराटनगर । आज कोशी प्रदेशका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । कोशीका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा र उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाल...
यी हुन बाढी पहिरोका कारण पूर्णरूपमा अवरुद्ध ८ सडक

यी हुन बाढी पहिरोका कारण पूर्णरूपमा अवरुद्ध ८ सडक

विराटनगर । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण आठ वटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार एक सय ३९ वटा स्थानका सडक एकतर्फी सञ्चालनमा रहेका छन् । कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । नदीको बहाव घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइर...
error: Content is protected !!