भिडियो भाइरल भएपछि रास्वपा सांसद भट्टराईको स्पष्टीकरण : निजी जीवनको सामान्य क्षण हो, अब यस्तो हुँदैन
विराटनगर । यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले कारको झ्यालबाट जीउ बाहिर निकालेर बनाएको भिडियो भाइरल भएको हो ।
गत फागुन २१ गते उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने माग अघि सारेका छन् ।
चौतर्फी आलोचनाप...





























