चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु
काठमाडौं । विगत २४ घण्टाको अवधिमा चट्याङ लागेर देशभर ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलवार एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो ।
रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लाग्दा ७ जनाको मृत्यु भएको हो । रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ भ...






























