- संगालोखबर सम्वाददाता

काठमाडौं । निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र निर्धारण गरेको छ । । देशभर मंसिर ४ मा हुने प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्र रहेका छन् ।

त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगले जनाएको छ । कूल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!