- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंमा प्रतिबन्धित लागूऔषधसहित २१ जनालाई पक्राउ परेका छन् । नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा लागूऔषध कारोबार भएको गोप्य सूचनापछि लागूऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरेको हो ।

खैरो हेरोइन, गाँजा तथा फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागूऔषध)सहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ३३.४ ग्राम, लागूऔषध गाँजा १५ केजी ९१७ ग्राम तथा फर्मास्युटिकल ड्रग्स दुई हजार १४० थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

ब्युरोको टोलीले काठमाडौंको चाबहिलबाट ३३.४ ग्राम खैरो हेरोइन तथा ११ लाख २५ हजार पाँच सय रुपियाँ तथा डिजिटल तराजुसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–२ का ग्याल्जेन शेर्पा, इलामको फाकफोकथुनका दिनेश तामाङ, इलामको माई नगरपालिकाकी सिर्जना राई, कृष्ण तामाङ, सर्लाहीको लालबन्दीका रञ्जित गोले, नुवाकोट लिखु गाउँपालिकाका सरोज राई र कृष्ण राई छन् ।

त्यस्तै खाजा पसल सञ्चालन गरी लागूऔषधको कारोबार गर्ने धादिङ थाक्रेकी शर्मिला तामाङलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । ब्युरोले औषधिजन्य लागूपदार्थ कारोबारमा संलग्न १० जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

काठमाडौंको बालाजुबाट पर्साको बहुदरमाईका सन्दीप दास पक्राउ परेपछि अन्य कारोबारीसमेत पक्राउ परेका थिए । जसमा पर्साको छिपहरमाईका दीपुप्रसाद कुशवाह, चितवनको भरतपुरका श्रीकृष्ण भण्डारी र मेलिना भण्डारी तथा पर्साको छिपहरमाईका उपेन्द्रप्रसाद कुशवाह छन् ।

प्रहरीले उनीहरूको साथबाट दुई हजार १४० थान एम्पुल, ६७६ थान बुप्रेनोर्फिन, ६७६ थान डाइजेपाम तथा ७२१ थान फेनारगन बरामद गरेको जनाएको छ ।

अमेरिकाबाट आएको पार्सल खोल्दा गाँजा

लागूऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट हुलाकमार्फत नेपाल भित्रिएको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारमा पार्सलमार्फत नेपाल भित्रिएको २०८ ग्राम गाँजा लिन पुगेका गोरखाको पालुङटारका सचिन देवकोटा, काठमाडौं महानगरपालिका–१६ का सौरभ सान्डिललाई पक्राउ गरेको छ ।

नेपालमा गाँजाको उत्पादन हुने र भारत लगायत छिमेकी मुलुकमा तस्करी हुने गरेकामा अमेरिकाबाट गाँजा किन नेपाल भित्रियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!