
विराटनगर । भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृतको शव गोरखामा भेटिएको छ ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो । त्रिशूली नदीको किनारमा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भन्सार अधिकृत शर्मा हुम्ला ताँजाकोट गाउँपालिका-२ का स्थानीय हुन् । पोष्टमार्टम परिवारलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 














