संगालोखबर


विराटनगर । भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ ।

भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ । यस दिन देशभरका कृष्ण मन्दिरमा विशेष पूजाआराधना, भजनकीर्तन तथा प्रवचन हुने गर्छ ।

विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । भक्तजनले व्रत बसेर रातभर जाग्राम बस्ने तथा श्रीकृष्णको जन्मोत्सव मनाउने परम्परा छ ।

श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा मानिन्छ । महाभारतमा अर्जुनलाई दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भागवत् गीता’ श्रीकृष्णका शिक्षाको महत्वपूर्ण स्रोत मानिन्छ ।

गीतामा कर्म, धर्म, कर्तव्य, सत्य र न्यायका विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!