संगालोखबर संवाददाता

धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन ।
पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन ।

धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ब्लाष्ट टाईम्सका धनकुटा सम्वाददाता लामा अहिले भोटमाग्न ब्यस्त छन ।

Advertisement
सन्तवीर लामा

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका लामा करिब एक दशकदेखि धनकुटामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

त्यस्तै हिले स्थित रेडियो लालीगुँरासमा कार्यरत कल्पना थापा पनि चुनाव भिड्दैछन । थापालाई नेकपा एमालेले धनकुटा नगरपालिका वडा नं–१ को महिला सदस्यमा उम्मेदवार बनाएको छ ।थापा प्रेस चौतारी नेपाल धनकुटाकी सदस्यसमेत हुन ।

कल्पना थापा

त्यस्तै पत्रकार मेघराज खतिवडालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । छथर जोरपाटी गाउँपालिका–४ को वडाध्यक्षमा खतिवडालाई काग्रेसले उम्मेदवार बनाएको हो ।

मेघराज खतिवडा

पत्रकार महासंघ धनकुटाको साधारण सदस्य रहेका खतिवडा हाल पत्रकारितामा क्रियासिल भने छैनन् । पत्रकार महासंघ धनकुटामा १ सय ४० जना सदस्य रहेको भएपनि करिव तीन दर्जन मात्र पत्रकार जिल्लामा क्रियासिल छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement