इनरुवा । स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् ।

Advertisement

 जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन् ।

सुनसरीमा रहेका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र तर्फका उम्मेदवार आप्mनो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेको कोसी गाउँपालिकाका नेपाली काँग्रेसका नेता देवचन्द्र झाले जानकारी दिनुभयो ।

जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवार मत माग्ने कार्यमा व्यस्त बनेको पाइएको छ ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सक्रिय रुपमा रहेको नेपाली काँग्रेसका तर्फबाट प्रमुखका टिकट पाएका राजन मेहता सहितका उम्मेदवारले आफ्नो पक्षमा मतदान गरी विजयी गराउन आग्रह गर्दै मतमाग्ने कार्यमा व्यस्त बनेको नेपाली काँग्रेसका नेता धिरज भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा ९एमाले०का तर्फबाट इनरुवा नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदबारी पाएका पोष्टकुमार नेपाल सहितका अन्य पदका उम्मेदवारसमेत आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेको पाइएको छ ।

त्यसैगरी, माओवादी केन्द्रबाट प्रमुख पदका लागि टिकट पाएका सुरेन्द्र कटुवाल सहितका अन्य पदका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त भएको स्थानीय मतदाता रन्जित मेहताले जानकारी दिनुभयो ।

उहाँहरुसँगै अन्य दलका उम्मेदवारसमेत मत माग्ने कार्यमा व्यस्त भएको पाइएको स्थानीयवासी चन्दन मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्लाको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी, रामधुनी तथा बराह नगरपालिका, कोसी, भोक्राहा, हरिनगरा, देवानगन्ज र गढी गाउँपालिका लगायतका ठाउँमा राजनीतिक दलका उम्मेदवारले आफ्नो पक्षमा मतमाग्ने कार्यमा व्यस्त भएको पाइएको स्थानीयवासीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!