धनकुटा । धनकुटामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका हुन ।
खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका–१ मा राप्रपाको तर्फवाट वडाध्यक्षमा उम्मेदवारी दिएका गजिन्द्र राईले उम्मेदवारी फिर्ता लिएका छन ।

त्यस्तै चौविसे गाउँपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पदम सुन्दर राईले पनि उम्मेदवारी फिर्ता लिएका छन ।

Advertisement

यता पाख्रीवास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका चन्द्र वस्नेत, स्वतन्त्रवाटै उप–प्रमुखका उम्मेदवार विदुर न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सुचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

उनका अनुसार पाख्रीवास–१ को वडाध्यक्षमा उम्मेदवार बनेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल वरुवाल, स्वतन्त्रका दुर्गा वहादुर थापा र नेपाली कांग्रेसको तर्फबाट वडा न.२ का वडाध्यक्षका उम्मेदवार विश्वास पुलामीले उम्मेदवारी फिर्ता लिएर चुनावमा नउठ्ने भएका छन ।

त्यस्तैगरी नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार ईन्द्रबहादुर गान्छाकी, नेकपा माओवादी केन्द्रका तारा वहादुर दर्लामी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमवहादुर श्रेष्ठ र महिला सदस्य नेपाली कांग्रेसका बालिका पुलामीले पनि उम्मेदवारी फिर्ता लिएका छन ।

त्यस्तै उम्मेदवारी फिर्ता लिनेमा पाख्रीवास नगरपालिका–४ का वडाध्यक्षका उम्मेदवार संघीय समाजवादी पार्टीका गंगवहादुर वस्नेत र वडा न.७ का सदस्यका उम्मेदवार नेपाली काग्रेसका रिपुमर्दन वराल पनि छन ।

यता महालक्ष्मी नगरपालिकामा स्वतन्त्रवाट प्रमुख पदमा उम्मेदवारी दिएका तुलसीजंग वुढाथोकी, वडा न.२ का वडाध्यक्षका उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयवहादुर लिम्वु र वडा न.७ मा महिला सदस्यका उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सविता राईले उम्मेदवारी फिर्ता लिएका छन ।

१७ जनाले उम्मेदवारी फिर्ता लिएपछि अव धनकुटामा १ हजार १ सय ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।

एक जनाको उम्मेदवारी रद्ध
धनकुटामा स्थानीय तह निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका एक जनाको उम्मेदवारी रद्ध भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साँगुरीगढी गाउँपालिका–९ का दलित महिला सदस्यका उम्मेदवार अनिता सार्कीको उम्मेदवारी रद्ध भएको हो ।

उनी नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बनेकी थिइन् । मनोनयन पत्रमा सहिछाप नभएको पाईएपछि उम्मेदवारी रद्ध भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी पौडेलले जानकारी दिएका छन ।
(रेडियो मकालु धनकुटाको सहयोगमा)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!