धनुकटा, १४ असार । धनकुटाका सात वटै स्थानीय तहमा बिहिबार बिहानबाट मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा मतदान भएको थियो ।

१ सय १७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । जिल्लामा उत्साहजनक र शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलका अनुसार धनकुटामा समग्र ७३ प्रतिसत मत खसेको छ । मतदान पश्चात बुधबार रातिसम्म अधिकांस स्थानका मतपेटिका स्थानीय तहको केन्द्रमा पुर्याईएको छ ।

अव बिहिबार बिहानबाट मतगणना सुरु हुने निर्वाचन अधिकृतहरुले जनाएका छन । बिहान सर्वदलिय बैठक बसेर करिव १० बजेभित्र मतगणना सुरु गर्ने सातवटै स्थानीय तहको योजना छ ।

यसैवीच धनकुटा नगरपालिकामा पनि बिहिबार बिहान ७ बजे सर्वदलीय बैठक बोलाएर १० बजेबाट मतगणना सुरु गर्ने योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!