संगालोखबर संवाददाता

धनकुटा, १३ असार । बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

बुधबार बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । धनकुटाका एक सय १७ मतदान स्थलमा एक सय ४३ वटा मतदान केन्द्र तोकिएको छ ।

Advertisement
धनकुटा–७ स्थित त्रिवेणी मतदान केन्द्रमा मतदान स्थल तयार गरिदै ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ९५ हजार ३ सय ७१ मतदाता छन । सुरक्षा ब्यवस्था चुस्तदुरुस्त रहेकाले ढुक्क भएर मतदानमा सहभागि हुन जिल्ला निर्वाचन कार्यालयले मतदातालाई आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement