संगालोखबर संवाददाता

भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाह्रवटा वडा रहेको भोजपुर नगरपालिकामा २०५ जना, छवटा वडा रहेको साल्पासिलिछो गाउँपालिकमा ११३ र अरुण गाउँपालिकामा १२८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै १० वडा रहेको आमचोक गाउँपालिकामा १४९, ट्याम्केमैयुङ गाउँपालिकामा १३८ र हतुवागढीमा १३३ तथा रामप्रसाद राई गाउँपालिकामा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement