धनकुटामा जारी मतदानको भिडियो हेर्नुहोस्…

Advertisement

धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए ।

झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उत्साहित भएर मतदान गरिरहेका छन । युवा–युवती देखि बृद्ध–बुद्धासम्म पनि उत्साहित भएर मतदानमा सहभागि छन ।

निर्वाचनका लागि धनकुटामा सुरक्षा ब्यवस्था पनि मजवुत पारिएको छ । जिल्लाभर हालसम्म कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले जानकारी दिएका छन ।  बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!