इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

 इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । “पश्चिम क्षेत्रमा त नेकपा एमालेको जनलहर देखियो, अब पूर्वमा पनि एमालेको त्यस्तै लहर चल्छ,” नेता खनालले भन्नुभयो “अब एमालेलाई मुलुककै पहिलो पार्टी हुनबाट कुनै ताकतले रोक्न सक्दैन ।”

जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अपरिहार्यता रहेको आँैल्याउनुुभयो । पर्यटनको सम्भावनायुक्त जिल्ला भएकाले इलामलाई सोही अनुरुप विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

देशको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उहाँले बताउनुभयो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!