संगालोखबर संवाददाता

धनकुटा, १३ असार । दोस्रो चरण अन्तरगत बुधबार हुने स्थानीय तह निर्वाचनका लागि धनकुटामा मतदाता परिचय–पत्र वितरण सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समयमा लगभग ७५ प्रतिशत अर्थात करिव ७१ हजार मतदातालाई परिचय–पत्र वितरण गरिएको हो ।

असार ११ गतेदेखि मतदाता परिचय–पत्र वितरण शुरु गरिएको थियो । परिचयपत्र वितरणका लागि विहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । कतिपय मतदान केन्द्रमा ८० प्रतिशतमाथि मतदाता परिचय–पत्र वितरण भएको जिल्ला निर्वाचन अधिकारी प्रदिप शाहले बताए ।

Advertisement

मतदाता परिचय–पत्र वितरण गर्दा स्वयम् व्यक्ति नआएपनि आफन्तले पनि बुझ्न सक्ने व्यवस्था गरिएका कारण धेरै मतदाता परिचय–पत्र वितरण गर्न सफल भएको निर्वाचन अधिकारी शाहले बताए ।

असार मंगलबारसम्म मतदाता परिचय–पत्र नलिएका मतदाताले बुधबार आफ्नो नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै पनि कागजातको माध्यमद्धारा मतदान गर्न पाउने छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ९५ हजार ३ सय ७१ मतदाता छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement