काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्नभएलगत्तै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राणाले भने, ‘सरकारमा सहभागी हुनेबारे गृहकार्य भइरहेको छ, हामीले समर्थन गरेको सरकारमा सहभागीनहुने भन्ने कुरै हुँदैन ।’

तर कतिओटा मन्त्रालय लिने भन्नेबारे अझै निर्णय नभएको भन्दै उनले भने, ‘तीनदेखि चार वटा मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो दाबी छ ।’

राप्रपानका नेता राणाले दोस्रो चरणको निर्वाचनमा पार्टीले पहिलो चरणकोभन्दा धेरै राम्रो मत ल्याउने दाबी समेत गरे । तराईमा राप्रपाले राम्रो मत पाउने भन्दै उनले भने, ‘झापा, सुनसरी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीमा हामी राम्रो गर्छौं ।’

संविधानप्रति असन्तुष्ट दलहरुको माग सम्बोधन गर्न सरकार गम्भिर भएर लागिरहेको बताउँदै उनले असोज २ गतेको तेस्रो चरणको निर्वाचन हुनु अघि नै संविधान संशोधन हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एमाले नेतृत्वलेसंविधान संशोधनप्रति हामी सकारात्मक छौं भनेको छ ।२ नम्बर प्रदेशको चुनाव अघि नै संविधान संशोधन हुन्छ ।’-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!